×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासनमा एनआईबिएल एस क्यापिटल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासनमा एनआईबिएल एस क्यापिटल नियुक्त

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
झापा । एक्सेल डेभलपमेन्ट बैंकले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले गतअसार १४ गते सम्पन्न गरेको आफ्नो १४औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्कासनको एजेन्डा अनुमोदन गरेको थियो ।
बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्कासनको एजेन्डा पारित गरेको छ । यो हकप्रद रु. १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको हुनेछ । जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ । एक्सेल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले उक्त सम्झौतामा चैत २७ गते शुक्रबार हस्ताक्षर गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: