
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल फाइनान्स एसोसिएशनको अध्यक्षमा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर पुनः चयन भएका छन् । शुक्रबार भएको वार्षिक साधारणसभाले तुलाधरलाई नै निरन्तरता दिएको हो । अध्यक्षमा तुलाधरसहित कार्यसमिति सबै पदाधिकारी निर्विरोध भएका हुन् ।
एसोसिएशनको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्सका प्रमूख कार्यकारी अधिकृत सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृतत रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका प्रमूख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका प्रमूख कार्यकारी अधिकृत उद्धवराज थपलिया निर्विरोध चयन भएका छन् ।
यस्तै सदस्यहरुमा गोर्खाज फाइनान्सका प्रमूख कार्यकारी अधिकृत लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्सका प्रमूख कार्यकारी अधिकृत उमेशसिँह भण्डारी, मञ्जुश्री फाइनान्सका प्रमूख कार्यकारी अधिकृत सन्तोष निरौला, सेन्टुल फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्सका प्रमूख कार्यकारी अधिकृत लिलामणी न्यौपाने र प्रोग्रेसिभ फाइनान्सका प्रमूख कार्यकारी अधिकृत विशाल भट्टराई निर्विरोध चयन भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्