×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलुविद्युतको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ शुक्रबार बाँडफाँड हुने, कति आवेदकले पाउँदैछन् सेयर ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रु रु जलुविद्युतको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ शुक्रबार बाँडफाँड हुने, कति आवेदकले पाउँदैछन् सेयर ?

Artha Sarokar

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रु रु जलुविद्युत परियोजनाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलले कम्पनीको आइपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी भएको जनाएको हो । यद्यपी आइपीओ बाँडफाँडको समय भने तोकिएको छैन ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्नेछ । यसमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ६१.६५ गुणा बढी हो । त्यसैले ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
रु रुले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी