
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गरिमा बिकास बैंक लिमिटेडले खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६.६३ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ३६.९७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको संचालन मुनाफा ९६ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म बैंकको संचालन मुनाफा ७० करोड ७४ लाख रुपैयाँ रहेको थियो । यता बैंकको खुद ब्याज आम्दानी ९.६४ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिसम्म १ अर्ब २३ करोड खुद आम्दानी रहेको बैंकले यो अवधिमा सो ब्याज आम्दानी बढाएर १ अर्ब ३५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
प्रकाशित विवरण अनुसार समीक्षा अवधिसम्म बैंकले ५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन ३४ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
यता बैंकको रिजर्भको आकार ७०.७५ प्रतिशतले बढेर १ अर्ब ४३ करोड रुपैयाँको भएको छ । गत वर्ष रिजर्भमा ८३ करोड ७९ लाख रुपैयाँ रहेको थियो। बैंककोनिष्क्रिय कर्जा ०.५८ प्रतिशत छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.६० रुपैयाँ रहेको छ । यता बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.१४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८.९२ रुपैयाँ रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्