NABIL AD

घरेलु लघुवित्त वित्तीय संस्था बाराद्वारा पिडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
बारा । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना देवीको मृत्यू पश्चात निजका श्रीमान नागेन्द्र महरालाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
सदस्य श्रीमति मिना देवीले संस्थाबाट रु.१,००,०००/- कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु. १०,०००/-बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहाद्घारा निज मृतक सदस्यका श्रीमान नागेन्द्र महरालाई एकमुष्ट भुक्तानी गरिएको छ ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहा र सो केन्द्रका केन्द्र संचालक जिनिश राय यादबको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal