
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ ५ पैसा कायम भएको छ । यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
विगत ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको आषाढ मसान्तमा १.७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिक सुधार भइ १.६१ प्रतिशत रहेको छ । बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्