
गोरखा । गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका सिरानचोक गाउँपालिका-१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठामा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार ३१० समेत बरामद गरेको प्रहरीले जनाएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्