×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुनै बैंकले तपाईलाई दु:ख दियो ? राष्ट्र बैंकमा सिधै यसरी गुनासो दर्ता गर्नुहोस्

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकहरुले आफ्नो गुनासो अनलाइनबाटै दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेण्ट, भुक्तानी सेवा सञ्चालकहरुबाट सेवा लिदा कुनै गुनासो भए उक्त गुनासोलाई अनलाइनबाटैदर्ता गर्न सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षणका लागि सञ्चालनमा ल्याएको वेव पोर्टलमार्फत् अब प्रत्यक्ष रूपमा वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंकमा गुनासो गर्न पाइने भएको हो ।
अब अनलाइनमार्फत नै सेवाग्राहीले नियामक राष्ट्र बैंकमा आफ्ना गुनासाहरु दर्ता गराउन सक्नेछन् । ग्राहकको सहजताका लागि नयाँ पोर्टल निर्माण गरी सेवा सुरु गरेको राष्ट्र बैंकले बताएको छ । गुनासो दर्ताका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: