×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गम क्षेत्रका बस्तीमा ९ करोड ९० लाख लागतमा ग्रामीण विद्युत्तीयकरण कार्य सुरु

PRIME CA

दुर्गम क्षेत्रका बस्तीमा ९ करोड ९० लाख लागतमा ग्रामीण विद्युत्तीयकरण कार्य सुरु

अर्थ सरोकार

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार

  • अर्थ सरोकार सम्बाददाता
हेटौँडा । मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा चालु आर्थिक वर्षमा ९ करोड ९० लाख रुपैयाँको लागतमा ग्रामीण विद्युत्तीयकरण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र कार्यालय हेटौँडाद्वारा उक्त विद्युत्तीयकरणको काम अगाडि बढाइको हो । स्थानीय निकाय र जनताको मागको आधारमा ग्रामीण क्षेत्रमा विद्युत्तीयकरणको काममा तीव्रता दिइएको बताइएको छ । उक्त विद्युत्तीयकरणका लागि टेण्डरसमेत स्वीकृत भइसकेको र केही स्थानमा निमार्ण प्रक्रिया समेत भइरहेको केन्द्रका कार्यालय प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । उक्त बजेटको आधारमा मकवानपुरको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काममा तीव्रता दिइएको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मकवानपुरको मनहरि, मकवानपुरगढी, भीमफेदी, वकैया, राक्सिराङ, कैलाश र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युत्तीयकरणको काम सुरु भएको हो । साथै उक्त कार्यालयले आफनो कार्यक्षेत्रमा काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल राख्ने र तार तथा नयाँ टान्सफर्मर समेत लगाउने काम गरिरहेको छ । कार्यालयवाट ६५ हजार २५४ विद्युत् मिटर लिने ग्राहक रहेका छन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१ हजार विद्युत् मिटर ग्राहक थिए । सो कार्यालयलाई मासिक १९ करोड रुपैयाँ भन्दा बढी विद्युत् सेवा लिए बापत विद्युत् महसुल उठ्ने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।
साथै कार्यालयमा लामो समयसम्म विद्युत महसुल अर्थात विद्युत राजस्व नबुझाउनेको सङ्ख्या हालसम्म २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ जसमध्ये ५४० ग्राहक कालोसूचीमा राखिएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ । त्यस कारबाहीमा पर्नेहरु सर्वसाधारण उपभोक्ता, उद्योगी र व्यवसायी समेत रहेका छन् । कालोसूचीमा परेकाहरुबाट ६६ लाख रुपैयाँ महसुल उठन् बाँकी रहेको छ । साथै कारबाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने कार्य भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउन समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत मनहरि, भीमफेदी र फाफरवाडीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरेको छ । साथै अनलाइनबाटसमेत विद्युत् महसुल वुझाउने व्यवस्था रहेको छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: