×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग होटल संघको माग (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग होटल संघको माग (भिडियो)

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गर्नुभएको छ । अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताउनुभयो । अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमार्फत विशेष सम्बोधन गरिनुपर्ने बताउनुभयो ।
फेरीपनि लकडाउन भएमा व्यवसायीहरु आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्ने बताउनुभयो । त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने बताउनुभयो । उहाँले बजेटमार्फत रोजगार संरक्षण कोष घोषणा गर्नपनि माग गर्नुभयो ।
सरकारले जारी गरेको मापदण्ड अनुसार विहान ८ बजेदेखि साँझ ८ बजेसम्म होटल सञ्चालन गर्न पाइने र २५ जना भन्दा बढी भेला हुन नपाउने भएपछि होटल क्षेत्र थप प्रभावित भएको छ। होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्ड अनुसार काम गरिरहेको तर सरकार आफैले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योलता बढेको पनि बताउनुभयो । अब आउने बजेट यस अघिको भन्दा पृथक हुनुपर्ने पनि उहाँले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरउत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: