×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुन्डाईद्वारा “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” योजना सार्वजनिक, आकर्षक नगदको छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हुन्डाईद्वारा “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” योजना सार्वजनिक, आकर्षक नगदको छुट

Artha Sarokar

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ ।  
यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत रु.२०,००० देखि ७८,००० सम्मको अतिरिक्त छुट, रु.१५,००० बराबरको लोयल्टी बोनस, रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निः  शुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी