
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २३औं साधारणसभा वैशाख १२ गते हुने भएको छ । कम्पनीले बोनसपछि हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित सभा वैशाख १२ गते केन्द्रीय कार्यालय नक्सालमा बिहान १० बजे हुने भएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७% बोनस सेयर र कर तिर्न ०.३७% नगद लाभांश दिने विशेष प्रस्ताव पारित गर्नेछ । उक्त बोनस सेयर वितरण गरेपछि कायम चुक्ता पुँजीको ४०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा रहेको छ ।
यस्तै कम्पनीले सेयर संरचना पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ । सभाले कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा कृष्ण प्रसाद शर्मालाई नियुक्त गरिएको निणर्यलाई अनुमोदन गर्नेछ । सभाका लागि कम्पनीले २०७८ वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्