
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफरअन्तर्गत १ सयमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यस अफरमा सहभागी बन्नका लागि ग्राहकले आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ ।
प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा १ सय जम्मा गर्नुपर्नेछ र उनीहरुले त्यसमा १ सय नै बोनस रकम तत्काल प्राप्त गर्नेछन् । बाेनस प्राप्त गर्नका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ ।
कम्पनीकाे अनुसार यसरी ‘आइएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्नु सकिनेछ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिनेछ । कम्पनीकाे अनुसार यो योजना वैशाख ८ गतेदेखि जेठ ७ गतेसम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्