×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको २३औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित बोनस र हकप्रद पारित

PRIME CA

आइएमई जनरल इन्स्योरेन्सको २३औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित बोनस र हकप्रद पारित

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट इन्स्योरेन्सको प्रस्तावित बोनस र हकप्रद सेयर पारित भएको छ । सभाले कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
यससँगै कम्पनीका लगानीकर्ताले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर पाउने भएका छन् । उक्त बोनस पश्चात कम्पनीले सेयरधनीलाई ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यससँगै, कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । 
कम्पनीको व्यावसायमा भएको विस्तारसंगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले बोनस र हकप्रद सेयर जारी गर्ने भएको हो । बोनस तथा हकप्रद सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: