
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना भाइरसको जोखिमबाट सजग हुन आग्रह गरेको छ । समितिले बिहीबार एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई सजग तथा सतर्कता अपनाएर काम गर्न आग्रह गरेको हो ।
प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेववाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न समितिले भनेको छ । ‘भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउने’ उक्त परिपत्रमा उल्लेख छ ।
यस्तै सेवाग्राहीको आवतजावत कम हुने गरी कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गराउने,बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्थाबाहेक अन्य समयमा विद्युतीय माध्यम/भचुर्अल माध्यमबाट संचालन गर्न आग्रह गरेको हो ।
हेर्नुहोस् समितिको परिपत्र :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्