×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध, बैंक तथा वित्तीय संस्थाहरुमा समस्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध, बैंक तथा वित्तीय संस्थाहरुमा समस्या

Artha Sarokar

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुम्ला । हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् ।
इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्णाली आवाजका स्टेशन मेनेजर नवराज महताराले बताउनुभयो । यस्तै इन्टरनेट सेवाले काम नगर्दा सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा समस्या बनाएको छ ।
कालीकोट जिल्लाको महाबुलेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय सिमकोटले जानकारी दिएको छ । उक्त क्षेत्रमा रहेको रिपिटर टावर मर्मत गर्ने कार्य जारी रहे पनि समस्या समाधान हुन नसकेको बताइएको छ । नमस्ते नेटवर्कको मोबाइल डाटाले काम गरे पनि एडिएसएल सेवाको इन्टरनेटले काम गरेको छैन । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी