
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज शुक्रबार सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलकै कार्यालयमा कम्पनीको आईपिओ ११ बजे बाँडफाँड हुने भएको हो । कम्पनीको आईपिओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको थियो ।
कम्पनीको आईपिओमा माग भन्दा ९.३४ गुणा बढी आवेदन परेको थियो हो । यसआधारमा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्