×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलुविद्युत परियोजनाको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ बिक्री खुला, यी ठाउँबाट सजिलै आवेदन दिन सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रु रु जलुविद्युत परियोजनाको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ बिक्री खुला, यी ठाउँबाट सजिलै आवेदन दिन सकिने

Artha Sarokar

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रु रु जलुविद्युत परियोजनाले आज शुक्रबारदेखि आइपीओ जारी गरेको छ । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आज शुक्रबारदेखि ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले कुल आईपीओमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्ताका लागि छुट्याईएको छ ।
लगानीकर्ताले कम्पनीको यस आईपिओमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म बिक्री नभएमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी