×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा वैशाख ३० गते, ४९.४०% बोनस वितरण गर्ने प्रस्ताव पारित गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तको साधारणसभा वैशाख ३० गते, ४९.४०% बोनस वितरण गर्ने प्रस्ताव पारित गरिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा वैशाख ३० गते हुने भएको छ । सभा बुटवल उप महानगरपालिका, कालिकापथस्थित होटल न्यू इरामा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा ४९.४०% बोनस सेयर र कर तिर्न २.६०% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश गर्ने भएको छ । सभमा अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यस्तै संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट बढाएर राष्ट्रियस्तरको बनाउने प्रस्ताव रहेको छ । 
सभाका लागि कम्पनीले वैशाख २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, वैशाख २२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: