
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा २० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको हो । ज्योति लाइफ इन्स्योरेन्सले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकसँग विभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता गरेको छ । इन्स्योरेन्सले ग्राहकलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा उक्त क्लिनिकसँग सो सम्झौता गरेको हो ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिशतको छुट प्राप्त गर्नेछन् भने ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ ।
साथै, ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ । यो सम्झौताबाट दुबै सेवा प्रदायक संस्थाका आन्तरिक तथा बाह्य ग्राहकले द्विपक्षिय लाभ लिन सकिने भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्