- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने भएको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयर किन्नेले कम्पनी लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर वितरण गर्दैछ । वैशाख ७ गते बस्ने वार्षिक साधारणसभा र लाभांशको लागि चैत २२ गतेदेखि वैशाख ७ गतेसम्म कम्पनीले बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म सेयरधनी बन्नुपर्नेछ । यता कम्पनीले वैशाख ७ गतेदशौं र एघारौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा होटल टास्क इन्टरनेशनल प्रा.लि पोखरामा बिहान ८ बजेबाट हुने भएको छ ।