
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कामना सेवा विकास बैंक लि. आर्थिक वर्ष २०७५/२०७६ मासमेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो । बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरेका थिए । बैंकले आ.व. २०७४/०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो ।
आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ । राज्यप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला प्रदान गरेको छ । बैंक आफ्नो भिजन अनुरुप खरो रुपमा उत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान दिने करदाताको रुपमा आफूलाई स्थापित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्