
कञ्चनपुर । भीमदत्त नगरपालिका-८ स्थित भम्केनीधाममा सौर्य बत्ती जडान गरिएको छ । नगरपालिका कार्यालय र वडा कार्यालयले संयुक्तरूपमा सौर्य बत्ती जडान गरेका हुन् । सौर्य बत्ती जडानपछि भम्केनीधाम झलमल्ल भएको छ । यसअघि उज्यालो नहुँदा भक्तजनलाई राति समस्या हुने गरेको थियो । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामको आग्रहमा २० वटा सौर्य बत्ती जडान गरिएको छ । भीमदत्त-८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले भम्केनीधामको धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर सौर्य बत्ती जडान गरिएको बताउनुभयो । ‘भम्केनीधाम नेपालको चौथो धाम हो, यसको धार्मिक पर्यटन प्रवर्द्धनका लागि नगरपालिका र वडा कार्यालय एकजुट भएर लागेका छौँ, उच्च प्राथकिता दिएका छौँ”, उहाँले भन्नुभयो, ‘राति उज्यालो नहुँदा समस्या हुने भएपछि सौर्य बत्ती बालेका छौँ ।’
चुरे फेदको यस धाममा राति उज्यालो नहुँदा सरसामान चोरी हुने डर थियो । अहिले सौर्य बत्ती जडान भएर झिलीमिली भएपछि चोरी हुने सम्भावना हटेको भक्तजन बताउँछन् । जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले चार महिनासम्म मौन व्रत बसेर भम्केनीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा पहिचान गराउनुभएको थियो । जगद्गुरुको पहलमा अहिले धाममा ७५ फिट अग्लो अष्टधातुको मूर्ति निर्माण अघि बढेको छ । अष्ठधातुको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले १ एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसमध्ये हालसम्म ५० लाख रुपैयाँ सहयोग रकम मूर्ति निर्माणका लागि उपलब्ध भइसकेको छ । भम्केनीधामसम्म बाटो निर्माण गरी आवागमन सहज बनाइएको छ । सुदूरपश्चिमका सबै जिल्लाको प्रतिनिधित्व हुने गरी कुण्ड निर्माण गरिएका छन् ।
स्थानीयवासीका अनुसार पौराणिककालमा भकभक गरी आउने पानीका आधारमा यसको नाम भम्केनी राखिएको हो । भम्केनीका छ कुण्डमध्ये पाँच पाण्डव र एक द्रौपदीको रहेको किंवदन्ती छ । भीमले द्रौपदीलाई नुहाउन कुण्ड बनाएको स्थानीयवासी बताउँछन् । भम्केनीधाम प्रचार प्रसारमा आएपछि बर्सेनि पूर्वाधार निर्माणका काम गरिएका छन् । अहिले महेन्द्रनगरबाट भम्केनीधामसम्म सडक कालोपत्र गरिएको छ । ब्रह्मदेवबाट रौटेलासम्मको जैविकमार्ग पनि धाम भएर निर्माण गरिएको छ । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनीधामका अध्यक्ष वीरबहादुर सिंहले धामको विकासका लागि गुरुयोजना निर्माण गरिएको बताउनुभयो । ६ दशमलव २ हेक्टरमा फैलिएको धामलाई पुरातात्विक विभागको धार्मिक पर्यटकीय क्षेत्रमा समावेश गराउन पहल गरिएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्