×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ वाणीमा अस्थायी प्रहरी पोष्ट (प्रहरी चौकी)को पक्की भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाख रुपैयाँको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको हो । प्रतिष्ठा निर्माण सेवा प्रालिले ठेक्का सम्झौताअनुसार पाँच महिनाको अवधिमै भवन निर्माण पूरा गरेको छ । निर्माण गरिएको भवनमा कार्यालय कक्ष, ब्यारेक, शौचालय, स्नान घरलगायत छन् ।  
सुदूरपश्चि प्रदेशसभा सदस्य महेशदत्त जोशीले भवन निर्माणपछि प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न सहज भएको बताउनुभयो । प्रदेशसभा सदस्य जोशीले स्थायी प्रहरी चौकी स्थापनाका लागि स्तरवृद्धि गर्न सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्की भवन निर्माण भएपछि स्तरीय सेवा दिन सहज भएको बताउनुभयो । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: