
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंकिङ कसुर मुद्दा लागेर कैद र जरिवाना फैसला भएपछी फरार रहेका व्यक्ति ‘विदेश पठाइदिन्छु’ भनेर ठगेको आरोपमा पुन: पक्राउ परेका छन् । प्रहरीले पाँचथरको फाल्गुनन्द नगरपालिका घर भएका छत्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कीर्तिपुरको ट्याङ्ला फाँटबाट मङ्गलबार उनलाई पक्राउ गरेको हो ।
कीर्तिपुरमा बस्ने ४३ वर्षीय विश्वकर्माले २५ लाखभन्दा धेरै ठगी गरेको गुनासो आएपछि उनलाई पक्राउ गरिएको हो ।२०७३ साल भदौ ५ मा काठमाडौं प्रहरीले उनीविरुद्ध मानव बेचविखन मुद्दामा उनलाई अनुसन्धान गरेको थियो । सो मुद्दामा उनि ३ महिना जेल बसेर छुटेका थिए ।
यता ०७६ जेठ १३ मा उच्च अदालत पाटनले राममाया तामाङको जाहेरीले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र १ लाख जरिवाना तोकेको थियो । कुमारी माया तामाङको जाहेरीले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३ लाख ४३ हजार जरिवाना हुने फैसला गरेको छ । फैसलापछि उनी फरार थिए ।
उनलाई उनका साथीहरुले मिष्टर छत्रेको रुपमा चिन्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्