×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं काठमाडौं नभएर भिडमाडौंको रुपमा परिणत (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौं काठमाडौं नभएर भिडमाडौंको रुपमा परिणत (भिडियो रिपोर्ट)

१५ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया
काठमाडौं । आज काठमाडौं काठमाडौं नभएर भिडमाडौंको रुपमा परिणत भएको छ । यो भीड नयाँ बसपार्क गंगबुँको हो । भोलि १६ गतेदेखि काठमाण्डौ उपत्यकामा १ हप्ता लामो निषेधाज्ञा लाग्ने भएपछि काठमाण्डौ बाहिर जानेको भीड हो यो । निषेधाज्ञा थप हुने आशङ्काले काठमाडौं छोड्नेको संख्या बढेको छ । यो लाइन विभिन्न अस्पताल अगाडी खोप लगाउन बसेकाहरुको हो । सरकारले आइतबारबाट १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई खोप लगाउन थालेको छ । खोप केन्द्र थोरै हुनु र बिहीबार बिहानदेखि निषेधाज्ञा सुरु हुने भएपछि भीड बढेको छ ।
यो लाइन पेट्रोल पम्प अगाडिको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि निस्कनु परेमा पेट्रोल नपाइने डरले थप सञ्चय गर्न उपभोक्ता लाइनमा बसेका छन् ।
यो दृश्य एक सपिङ सेन्टर भित्रको हो । भोलिबाट निषेधाज्ञासँगै बजार, पसल बन्द हुने डरले उपभोक्ता सपिङ सेन्टरमा पुगेका छन् ।
आवश्यक सामान एकै ठाउँमा पाइने भएकोले पनि उपभोक्ता एकै पटक यी भीडहरु सरकारको अव्यवस्था र फितलो योजनाको परिणाम हो । करिब ८ लाख मानिस काठमाडौं बाहिरिनसक्ने अनुमानकाबीच २ दिनको समय मात्र राखेर निषेधाज्ञाको मिति तोक्नु गलत भएर होला अहिले काठमाण्डौ भिडमाण्डौ बनेको छ । भीडले सबैको घरमा कोरोना लैजान सहयोग गरिरहेको बारे कसले प्रश्न गर्ने ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: