×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको दिन काठमाडौं उपत्यकामा जे देखियो…(फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार(आज) विहानदेखि निषेधाज्ञा सुरु भएको भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । उपत्यकाका प्रमुख नाका र मुख्य-मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरुले चेकजाँच गरिरहेका छन् । संघीय राजधानीमा कोरोना संक्रमणको दर बढेसँगै उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरु मात्र चलेका देखिन्छ । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट सुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने भएको छ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: