×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुद्रमतीको जग्गा अतिक्रमण, एक हप्ताभित्र जग्गा खाली गर्न निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL

रुद्रमतीको जग्गा अतिक्रमण, एक हप्ताभित्र जग्गा खाली गर्न निर्देशन

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित रुद्रमती नदी उकासको १ रोपनी ८ आना १ पैसा ३ दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ । कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौं महानगरपालिका-११ कार्यालयले जनाएको छ । सरकारी जग्गा हडप्ने डोटेललाई जग्गा खाली गर्न र भाडामा राखेको मान्छे अन्यत्र सार्न वडा कार्यालयबाट पत्राचार गरी प्रक्रिया अघि बढाइएको वडाध्यक्ष हीरालालले बताए । मालपोत र नापी कार्यालयबाट दुवै कित्ताका सार्वजनिक जग्गाको निस्सा प्रमाण लिएर चालु आर्थिक वर्षमै उद्यान निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।
एक हप्ताभित्र जग्गा खाली गर्न जनप्रतिनिधिले समयसीमा दिएको कार्यालय जनाएको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ एक हप्ताभित्र अतिक्रमित सार्वजनिक जग्गा नछोडे आफ्नो नेतृत्वमा डोजर प्रयोग गरेर खाली गराउने बताउनुहुन्छ । सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सबै जनप्रतिनिधि र स्थानीयवासी एक हुनुपर्नेमा जोड दिइएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध अभियान चलाएर खाली गराउन लागिएको उहाँले जानकारी दिनुभयो । अन्यत्र पनि यसरी जग्गा अतिक्रमण गरिएको जानकारी गराउन प्रदेशसभा सदस्य श्रेष्ठले स्थानीयवासीमा आह्वान गर्नुभएको छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी