×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको दोस्रो दिन पनि शुन्यप्रायः बन्यो काठमाडौं उपत्यका, सवारीसाधनलाई ठाउँ-ठाउँमा चेक गरिँदै (भिडियो रिपोर्ट)

PRIME CA

निषेधाज्ञाको दोस्रो दिन पनि शुन्यप्रायः बन्यो काठमाडौं उपत्यका, सवारीसाधनलाई ठाउँ-ठाउँमा चेक गरिँदै (भिडियो रिपोर्ट)

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका शुन्यप्रायः बनेको छ । बिहीबारदेखि शुरु भएको निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । सडकमा सार्वजनिक यातायातका साधनहरु चलेका छैनन् । अत्यावश्यक सेवा बाहेकका नीजि सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् । यद्यपी, अत्यावश्यक सेवा तथा खुलेका कार्यालयका कर्मचारीहरु भने फाट्टफुट्ट सडकमा देखिने गरेका छन् ।
उपत्यकाका भित्री सडकहरुपनि सुनसान जस्तै बनेका छन् । काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदका लागि बिहान १० बजेसम्म खुलेका छन् । बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ । सडकमा सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरी ठाउँठाउँमा चेक गर्ने गरेका छन् । काठमाडौं उपत्यका कारोना संक्रमणको उच्च जोखिममा रहेका कारण बिहिबारदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको हो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: