
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चैत्र ३१ गतेबाट सिमरा रंगशाला, सर्लाहीमा हुन गइरहेको नव जन जागृति युवा क्लबद्वारा आयोजित ११ औं जितपुर सिमरा गोल्ड कप -२०७७ फुटबल टुर्नामेन्टमा ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवे आधिकारिक टिकट पार्टनर भएको छ । यस पश्चात अब सिमरामा अवस्थित फुटबल फ्यानहरुले खल्ती एप डाउनलोड गरी आफ्नो फोनबाटै खेलको टिकट काट्न सक्नेछन्। साथै एपबाट काट्दा २० ५ छुट पाउनेछन् जस मध्य ५ जनाले हरेक म्याचमा सत् प्रतिशत टिकट रकम फिर्ता पाउनेछन्। यसको लागि खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक श्री जोनाम भूर्तेल तथा नव जन जागृति युवा क्लबका प्रेसिडेन्ट रामचन्द्र लामाबीच सम्झौता पश्चात भएको हो ।
हामी यस जितपुर सिमरा गोल्ड कपमा आधिकारिक टिकटिंग पार्टनर हुन पाउँदा निक्कै गर्व महशुस गरेका छौँ। यसले फ्यानहरुलाई लाइन नबसी आफ्नो फोनबाटै टिकट खरिद गर्न सम्भव बनाउने छ । साथै यसले सबैलाई डिजिटल भइ आफ्नो भुक्तानी अनलाइन माध्यमबाट गर्न थप प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु।” भुर्तेलले भन्नुभयो । यसमा लामा भन्नुहुन्छ, “हामी खल्ती डिजिटल वालेट सँग सहकार्य गर्न पाएकोमा निक्कै खुशी छौँ। अब टिकट अनलाइन खरिद गर्न सम्भव भएकोले हामी लाई यसले खेल व्यवस्थापनमा थप मद्दत पुर्याउने कुरामा आश्वस्त छौँ। हामीले अनलाइन टिकटमा क्यासब्याक र छुटको व्यवस्था पनि गरेका छौँ त्यसैले सबैलाई सकेसम्म फोनबाटै टिकट काट्न अनुरोध गर्दछौं ।
यस खेलमा बिजेताले दश लाख र उपबिजेताले ५ लाख नगद राशि पुरस्कार स्वरुप पाउनेछन्। साथै रंगशालामा उपस्थित प्रशंसकहरुलाई पनि भरपुर समर्थन दिन प्रोत्शाहन गर्न ‘खल्ती’ ले रु।२००० कुपन कोड हरेक खेलमा एकजनाको लागि व्यवस्था गरेको छ । यस कपका सबै इभेन्ट तथा खेल गोल नेपालले आफ्नो फेसबुक पेजको माध्यमबाट लाइभ प्रशारण गर्नेछ जहाँ दर्शकको लागि ‘खल्ती’ को कुपन कोड उपलब्ध हुनेछ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यास ब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १७ लाखभन्दा बढी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्