
- अर्थ सरोकार सम्बाददाता
राप्ती । सिभिल बैंकले खुरखुरे शाखा स्थानन्तरण गरेको छ । स्थानन्तरित खुरखुरे शाखाको समुद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् । कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो ।
उक्त शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने कुरा बताइन् । ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिंदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरिन् ।
कार्यक्रममा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता विना आर्थिक समृद्धि सम्भव नहुने बताए । बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला व्यापार व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने पनि बताए । बैंकले ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्