×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक लिमिटेडका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले लिए सपथ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कृषि विकास बैंक लिमिटेडका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले लिए सपथ

Artha Sarokar

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् । नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको संचालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी