×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी बेवास्ताको कारण नेपालमा प्रयाप्त काम गर्न नसकेको कृषि मेसिनरी व्यवसायीहरुको गुनासो (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारी बेवास्ताको कारण नेपालमा प्रयाप्त काम गर्न नसकेको कृषि मेसिनरी व्यवसायीहरुको गुनासो (भिडियो रिपोर्ट)

२६ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पु¥याएपनि सरकारी बेवास्ताको कारण प्रयाप्त काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले देश भित्र नै मेसिनको उत्पादन गर्न सके किसानलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयंभूकृष्ण श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले दिने अनुदान सहुलियतमा एकरुपता हुनुपर्ने बताउनुभयो ।
अर्का व्यवसायी कृष्ण शर्माले नेपालमा अत्याधुनिक कृषि मेसिनरीको प्रयोग बढ्दो रहेको बताउनुभयो । सरकारले कृषिको आधुनिकीकरण र मेसिनरी प्रयोगमा सामयिक नीति र ऐन ल्याउन आवश्यक रहेको बताउनुभयो । समयमा नै नीति बनाई लागू गर्न सके विदेशबाट आयात भइरहेको कृषि उपजलाई रोक्न सकिने बताउनुभयो ।
व्यवसायी तुलवीर विष्ट र डील बहादुर रोकायाले किसानहरुलाई आधुनिक कृषि मेसिनरीको प्रयोग गर्न सिकाउन आवश्यक रहेको बताउनुभयो । सरकार तथा विभिन्न संघ संस्थाले वितरण गर्ने कृषि मेसिनरीको प्राविधिक ज्ञान नहुँदा राम्रोसँग प्रयोग नभएको बताउनुभयो । व्यवसायीहरुले हरेक वर्ष देशका विभिन्न शहरहरुमा कृषि यान्त्रिकरण मेला पनि गर्दै आएका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: