×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंक र कैलाली हस्पिटल प्राइभेटबीच सम्झौता, बैंकका ग्राहकले १०% सम्मको आकर्षक छुट पाउने

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेडबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनक राज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरे । उक्त सम्झौता–पत्र अनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओ. पि. डि., बेड चार्जेज, एक्स-रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: