×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, कार्गोका ड्राइभर पार्टनरलाई सहुलियत कर्जा प्रदान गरिने

PRIME CA

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, कार्गोका ड्राइभर पार्टनरलाई सहुलियत कर्जा प्रदान गरिने

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ । बैंक र कार्गाेबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्झाैता भएकाे हाे । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाज्यूको सभापत्य लगायत उपाय सिटि कार्गोका अध्यक्ष सुमन रायमाझीको र एफवान स्फट इन्टरनेसनलका बिश्वास ढकाल र युके एड अन्तर्गतको “सीप” का नेपाल प्रमुख बल्जित बोहराको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिकोबीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।
यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई क्युआर सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पेमेन्ट र इएमआइ अप्सन लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: