
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र जावलाखेलस्थित ल्यान्डमर्क फुडस्बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकले सो रेस्टुरेण्ट्को विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
सो सम्झौता पत्रमा कुमारी बैंक लि. मार्केटिंग प्रमुख श्री नवीन मुनि बज्राचाय तथा ल्यान्डमर्क फुडस्का तर्फबाट संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले ल्यान्डमर्क फुडस्का विभिन्न खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्