×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा, यस्तो छ कारण !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा, यस्तो छ कारण !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । सीसीडी रेसियोका कारण झन्डै आधा दर्जन वाणिज्य बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् । एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सानिमा बैंक र प्राइम कमर्सियल बैंकलगायतकाले सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा कर्जा प्रवाह गर्न नसक्ने अवस्था पुगेका हुन् । 
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतबाट सीमा बढाएर ८५ पुर्याएको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार सो व्यवस्था अनुसार बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँसम्म कर्जा लगानी गर्न सक्छन् । तर सो सिमा ८० प्रतिशतमाथि हुनु थप कर्जा दिन नसक्ने अवस्थामा पुग्नु रहेको पनि उनले बताए । 
चैत २० गतेसम्म एनआइसी एशिया बैंकले ८४.२१%, बैंक अफ काठमाण्डू ८२.९१%, मेगा बैंक ८३.०६%, सानिमा बैंक ८२.९१% र प्राइम कमर्सियल बैंकले ८२.०१ % सीसीडी कायम गरी कारोबार गरिरहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: