
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वैशाख मसान्तसम्म देशव्यापी लकडाउन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । नेपालमा बढ्दो कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्न सक्ने भन्दै वैशाख मसान्तसम्म लकडाउन गर्न सिफारिस गरेको हो । बैठकले देशव्यापी लकडाउनमा नजाने भए निषेधाज्ञामा जान पनि सुझाव दिएको छ ।
सीसीएमसीका सचिव डा.खगराज बरालले कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्न सक्ने आँकलन गर्दै सरकारलाई कम्तिमा ३ साताका लागि देशव्यापी लकडाउन गर्न बैठकले सिफारिस गरेको र प्रस्ताव आज मन्त्रीपरिषदमा पेस हुने बताएका छन् ।
यस्तै बैठकले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरिएको बरालले बताए । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्