×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ र १६ गते सर्वसाधारण उपत्यका बाहिरिन सक्ने, १६ गते राती १२ बजेदेखि उपत्यका लकडाउन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१५ र १६ गते सर्वसाधारण उपत्यका बाहिरिन सक्ने, १६ गते राती १२ बजेदेखि उपत्यका लकडाउन

Artha Sarokar

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा १६ गते राति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी हुने भएको छ । सोमबार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उपत्यका भित्र निषेधाज्ञा लगाउन सरकारलाई सिफारिस गरेको हुन् । 
उपत्यका छाडेर घर जान चाहनेका लागि दुई दिनको समय १५ र १६ गते समय दिइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले कोभिड सङ्क्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक हप्ता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय उपत्यका छाडेर घर जान चाहनेका लागि दिइने बताए ।
यस्तै कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि सङ्क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा लगाउने निर्णय भएको सीडीओ पराजुलीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी