Skip to content
LAXMI SUNRISE BANK

बजारमा ग्याँसको अभाव भएको हो ? खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ग्याँसको खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह गरिएको छ। नेपाल एलपी ग्याँस उद्योग संघले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा आपूर्ति प्रभावित हुने भन्दै आफूसँग भएको खाना पकाउने ग्याँसको खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई आग्रह गरेको हो । एलपी ग्याँस सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार संघलाई पत्राचार गरेको थियो । सोहीअनुसार संघले उपभोक्तालाई खाली सिलिन्डर यथाशीघ्र भर्न आग्रह गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK