×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासको खुद नाफा १ अर्ब २९ करोड रुपैयाँ पुग्यो, वितरणयोग्य नाफा कति ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको यसैअवधिमा १ अर्ब १६ करोड ६८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको यस वर्षको खुद नाफा अघिल्लो वर्षको भन्दा १०.६० प्रतिशत बढी हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३४९.९६् प्रतिशतले बढेर ८४ करोड ६९ लाख ९ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकको वितरणयोग्य नाफा १८ करोड ८२ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
यता खुद ब्याज आम्दानी ४.०८ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको खुद ब्याज आम्दानी ३ अर्ब ३ करोड ८९ लाख ९ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा ९.२४ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ४७ लाख २३ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: