×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

नेपालगञ्जको बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर कोड सेवा शुरु

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्रस्थल बागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैशाख ३ गते नेपालगञ्जस्थित पवित्र बागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत् भेटी चढाई उक्त सेवाको शुरुवात गरे ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले शुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।
उनले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशी कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए । सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा शुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा शुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यूआर कोड बारेमा प्रकाश पारेका थिए ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal