×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : जिल्ला प्रहरी कार्यालय तनहुँलाई फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको सामाजिक कार्य : जिल्ला प्रहरी कार्यालय तनहुँलाई फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले जिल्ला प्रहरी कार्यालय तनहुँलाई एक सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको हो ।
बैंकको दमौली शाखामा आयोजित कार्यक्रममा शाखाका प्रबन्धक सुदिप न्यौपानेले प्रहरी उपरिक्षक अरुण पौडेललाई उक्त फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका हुन् । 
फ्लोरोसेन्ट ज्याकेट रातको समयमा टाढैबाट देखिने भएका कारण तीव्र गतिका सवारी नियन्त्रण तथा सवारी दुर्घटना रोकथाममा सहयोग पु¥याउने उद्देश्यले बैंकले ज्याकेट उपलब्ध गराएको थियो । बैंकले देशभर १०३ वटा शाखाहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: