
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषेधाज्ञाको अवधीभर बैंकिङ कारोबार गर्न सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यल ग्राहक समन्वयकर्ताहरुको व्यवस्था गरेको छ । समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले जानकारी दिए ।
यसका साथै यस अवधिमा संक्रमण कम गर्नका लागी डिजिटल बैंकिङ अन्तर्गत मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा कनेक्ट आइपिएस जस्ता सुविधाहरु प्रयोग गरी सुरक्षित रहन बैंकले हार्दिक अपिल समेत गरेको छ । केन्द्रीय कार्यालय तथा विभिन्न शाखाहरुको समन्वयकर्ताहरुको विवरण तथा सम्पर्क नम्बरहरु तल उल्लेख गरीएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुलाई पर्न सक्ने समस्याहरु हर सम्भव समाधान गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्