×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकदिन अगावै सकियो मनकामना केबलकारको काम, सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एकदिन अगावै सकियो मनकामना केबलकारको काम, सोमबारदेखि पुनः सञ्चालनमा आउँदै

२९ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौँ । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिन अगावै अर्थात आगमी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागी बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो ।
चैत्र २३ गते देखी मर्मतका लागी बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए । २०५५ साल मंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।
सञ्चालन श्रेष्ठका अनुसार पहिलो चरणमा अति आवश्यक र मर्मत नगरिनहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिकोलागी पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो । जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चारकेबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ । अबको २ बर्ष भित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: