×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवालाहरुद्धारा असन्तुष्टि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवालाहरुद्धारा असन्तुष्टि

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पुजा चलाईरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको छ ।
हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाई रहेको छ । मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले भन्नुभयो ।
‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो ।’ श्रेष्ठले थप्नुभयो । उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: