×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको लगानीमा लाखौँको घोटाला, मष्टा बिल्डर्सद्धारा सडक निर्माणमा कमसल सामानको प्रयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारको लगानीमा लाखौँको घोटाला, मष्टा बिल्डर्सद्धारा सडक निर्माणमा कमसल सामानको प्रयोग

८ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । प्रदेश सरकारको लागानीमा सञ्चालन भईरहेको योजनामा करोडौँको ‘घोटाला’ भएको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश सरकारको २० लाखको लागतमा सञ्चालन भईरहेको योजनामा अनियमितता भएको पाइएको हो । 
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ ‘सि गाउँ’मा प्रदेश सरकारको २० लाखको लगानीमा १०० मिटर सडक स्तरोन्नतिको काम भईरहेको छ । उक्त योजनामा १०० मिटर लम्बाई र ९ मिटर चौडाई सडक पिच हुनुपर्ने हो । तर ८ मिटर चौडाई सडकलाई मात्रै पिच गर्ने गरिँदै छ । 
उक्त वडा अर्थात वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी थारुले उक्त योजनामा १०० मिटर लम्बाई र ९ मिटर चौडाई भएको सडक नै पिच गर्ने काम भइरहेको बताए । ‘स्तरोन्नतिको काममा लापरवाही भएकै छ ।’
सडकमा हालिनुपर्ने जति ग्राबेलको प्रयोग गरिएको छैन भने नालामा चिनाईका क्रममा पनि कमसल खालको सामाग्री प्रयोग गरेको पाइएको छ । निर्माणमा प्रयोग भएका सामानहरु कमसल भएको प्रमाण हुँदाहुँदै पनि उक्त सडक स्तरोन्नतिको ठेक्का पाएको मष्टा बिल्डर्स कम्पनिका ठेकेदार अरुण क्षेत्री आफुहरुबाट गल्ती भएको स्विकार गर्न तयार भएनन् । बरु उक्त लापरवाहीबाट आफुले पन्छिने प्रयास गरे । 
‘मेरो अरु काममा यस्तो लापरवाही भएको छैन, यहाँ कसरी भयो थाहा भएन, म पनि भर्खरै आएको हुँ, थप विषयमा बुझ्दै छु ।’ उनले भने । 
यस बारेमा विस्तृत भिडियो सामाग्री केही दिनमा सार्वजनिक हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: