×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिउँदो कुखुराको मूल्य पनि ह्वात्तै बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जिउँदो कुखुराको मूल्य पनि ह्वात्तै बढ्यो !

Artha Sarokar

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । जिउँदो कुखुराको मूल्य ह्वात्तै बढेको छ । जिउँदो कुखुराको आपूर्ति घट्दा मूल्य ह्वात्तै बढेको हो । अहिले बजारमा जिउँदो कुखुराको मूल्य प्रतिकेजी ३०० रुपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च भाउ हो ।
दुई साताअघि जिउँदो कुखुराको मूल्य प्रतिकेजी २७० रहेको थियो तर पछिल्लो समय जिउँदो कुखुरामा रानीखेत रोग रहेकाले आपूर्ति घटेको र माग उच्च भएको व्यवसायीहरु बताउँछन् । कुखुरा व्यवसायी यस्तै अवस्था रहे मासुको मूल्य अझै बढ्न सक्ने पनि बताउँछन् । 
यता राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले तयारी मासुको मूल्य प्रतिकेजी ४१५ रुपैयाँ तोके पनि पसल अनुसार फरक फरक मूल्य रहेको छ । व्यवसायीले मासुको मूल्य प्रतिकेजी ४३० सम्म बिक्री गरेको पाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी