×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकका पूर्व डाइरेक्टर थापा कांग्रेसमा प्रवेश !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मेगा बैंकका पूर्व डाइरेक्टर थापा कांग्रेसमा प्रवेश !

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंकका पूर्व डाइरेक्टर शम्भुविक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा आयोजित कार्यक्रममा थापालाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरिएको हो । 
यस्तै सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तेजनारायण कँडेललाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । उनि पनि कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति देउवाले कांग्रेसको संगठन निर्माणमा लाग्न नवप्रवेशीहरूलाई निर्देशन दिएका छन् । नवप्रवेशीहरूको मूल्यांकन गरेर कांग्रेसले न्याय गर्ने आश्वासन दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा सह–महामन्त्री थापा, केन्द्रीय सदस्य विष्णुविक्रम थापालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: