×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ३९२.७२% को छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

GLOBAL IME BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफामा ३९२.७२% को छलाङ मार्दा प्रतिसेयर नेटवर्थ कति ?

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तेस्रो त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले खुद नाफामा कमालको प्रगति गरेको छ । कम्पनीले खुद नाफा ३९२.७२% ले बढेर १४ करोड ७५ लाख २ हजार रुपैयाँ कमाउन सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ९९ लाख ३६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १६२.६७% सञ्चालन नाफा ५४१.६०% ले बढेको छ । यस्तै चुक्ता पुँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ र जगेडा कोषमा २५ करोड ६२ लाख ८२ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ ।  
तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड ६७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६ अर्ब ५० करोड ४७ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २९ पैसारहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: